अमला रोकाको थुनछेक बहस आज पनि जारी

काठमाण्डु टुडे २०८२ असार ९ गते १२:४० मा प्रकाशित

काठमाण्डू, ९ असार– आज (सोमबार) पनि जिल्ला अदालत काठमाण्डूका न्यायाधीश बलराम लम्सालको इजलासमा ६० किलो सुन तस्करी प्रकरणमा शुक्रबार पक्राउ परेकी अमला रोकाको थुनछेक बहस जारी छ ।

आइतबारदेखि रोकाविरुद्ध थुनछेक बहस सुरु भएकोमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज बहस सकिएमा रोकालाई थुनामा पठाउने कि पुर्पक्षका लागि थुना बाहिर राख्ने भन्ने टुङ्गो लाग्नेछ ।

उनलाई प्रहरीले शुक्रबार टोखाबाट पक्राउ गरेको थियो । नेकपा माओवादी केन्द्रनिकट मानिने रोका उक्त तस्करीमा पक्राउ परी थुनामा रहेका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् ।

राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us