अहमदाबादमा एयर इन्डियाको जहाज बजारिएको भवनका १९ जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ जेठ ३० गते ७:४४ मा प्रकाशित

काठमाण्डू, ३० जेठ– भारतको गुजरातस्थित अहमदाबादको मेघनीनगरमा बिहीबार एयर इन्डियाको जहाज दुर्घटना भयो ।

लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७ जहाज अहमदाबादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटमै खस्दा त्यसमा सवार २ सय ४२ मध्ये एक जनाबाहेक सबैको ज्यान गएको अधिकारीहरुले बताएका छन् ।

जहाज विमानस्थलको नजिकै रहेको बिजे मेडिकल कलेजमा चिकित्सा शास्त्र अध्ययनरत विद्यार्थी बस्ने होस्टेलको छतमा बजारिएको थियो ।

उक्त भवन आगलागीका कारण पूर्ण रुपमा नष्ट भएको छ । भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार भवनमा रहेका १९ जनाको ज्उान गएको छ ।

योसँगै उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या २ सय ६० पुगेको अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । सो भवनमा रहेका अरु ५० जना घाइते भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us