
काठमाण्डू, २६ जेठ– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले आगामी आर्थिक वर्ष ०८२–०८३ को बजेटमा सहरी विकास मन्त्रालयको बजेट अस्वाभाविक रूपमा वृद्धि गरिएकोप्रति गम्भीर शंका व्यक्त गरेका छन ।
उनले मन्त्रालयलाई तोकिएको सीमा भन्दा २७ अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरिनुको कारण खोजिने पनि बताएका छन । आज (सोमबार) काठमाण्डूमा आयोजित ‘संघीयताको दृष्टिमा आर्थिक वर्ष ०८२/०८३ को बजेट’ विषयक कार्यक्रममा बोल्दै उपमहासचि पुनले यस्तो बताएका हुन ।
उनले राष्ट्रिय योजना आयोगले सहरी विकास मन्त्रालयका लागि ९१ अर्बको सिलिङ तोकेको भए पनि बजेटमा १ खर्ब १८ अर्ब रुपैयाँ विनियोजन गरिएकोप्रति आपत्ति व्यक्त गरे । उनले भने, ‘७२ अर्बको सिलिङ भएको मन्त्रालयलाई २६ अर्ब बढी बजेट किन दिइयोरु खल्तीका योजना राखेर भ्रष्टाचार गर्न खोजिएको आशंका छ ।’
उनले बजेटमा गरिब, किसान, मजदुर र सहकारी पीडितहरूलाई बेवास्ता गरिएको टिप्पणी गर्दै अर्थतन्त्र सुस्त हुनुमा लघुवित्त र सहकारीको संकटको असर रहे पनि अर्थमन्त्रीको ध्यान त्यता नपुगेको दाबी गरे ।
साथै, रातो किताबको डिजिटल कपीमा एक लाखदेखि पाँच लाख रुपैयाँसम्मका योजना विनियोजन गरिएको देखिएको भन्दै सरकारले बजेटमा पारदर्शिता नदेखाएको आरोप समेत लगाएका छन ।