
काठमाण्डू, १५ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र नढलेसम्म आफूहरुको आन्दोलन जारी रहने घोषणा गरेका छन् ।
विभिन्न राजावादी समूहले बिहीबार राजधानीमा गरेको प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले आजको आन्दोलन कास्टिङ मात्र भएको दाबी गरे ।
राप्रपा, राप्रपा नेपाल र शिव सेनासहित अति हिन्दूवादी समूहहरुले राजतन्त्र र हिन्दू राज्य स्थापनाका लागि भन्दै कठमाण्डू केन्द्रित आन्दोलन थालेका हुन् । ‘आजको आन्दोलन यो कास्टिङ मात्र हो’, लिङदेनले भने, ‘गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहन्छ ।’