प्रत्येक प्रदेशमा जलन उपचार विभाग सञ्चालन गरिने

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १६:४३ मा प्रकाशित

काठमाण्डू १५ जेठ– सरकारले प्रत्येक प्रदेशमा जलन उपचार विभाग सञ्चालन गर्ने घोषणा गरेको छ ।

आज (बिहिबार) संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले वीर अस्पतालमा पनि जलन उपचार विस्तार गरिने घोषणा गरेका हुन ।

उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको पनि जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us