माघ १९ को जस्तो ‘कू’गर्ने राजाको पक्षमा हामी छैनौंः लिङ्देन

काठमाण्डु टुडे २०८२ जेठ १३ गते २१:४३ मा प्रकाशित

काठमाण्डू, १३ जेठ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरुले माघ १९ मा जस्तो कू गर्ने राजा ल्याउन नखोजेको बताएका छन् ।

मंगलबार राजधानीमा सञ्चार माध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा उनले विगतको जस्तो सक्रिय राजतन्त्र आफूहरुले ल्याउन नचाहेको दाबी गरे ।

विगतका र अहिलेका राम्रा कुरा अंगीकार गरेर राजासहितको प्रजातन्त्र ल्याउने चाहनामा आफूहरु रहेको उनको भनाइ थियो ।

राप्रपा, राप्रपा नेपालसहित विभिन्न राजावादी र हिन्दूवादी समूहले पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा आगामी १५ जेठदेखि राजतन्त्र पुनस्र्थापनाका लागि भन्दै आन्दोलन घोषणा गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us