एमाले युवासंघ अध्यक्षमा क्षितिज थेबे निर्वाचित

काठमाण्डु टुडे २०८२ जेठ १३ गते २१:२२ मा प्रकाशित

काठमाण्डू, १३ जेठ- एमाले युवा संघको १०औं महाधिवेशनबाट क्षितिज थेबे दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी सुमन पुरीलाई १ सय ८८ मतान्तरले पराजित गर्दै थेबे मंगलबार अध्यक्षमा निर्वाचित भएका हुन् । थेबेले ७ सय ९६ मत प्राप्त गर्दा पुरीले ६०८ मत पाएका छन् ।

पुरी यसअघि महासचिव थिए । इलेक्ट्रिक भोटिङ मेसिनमार्फत भएको निर्वाचनमा कूल १ हजार ७ सय ६५ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी थिए ।

अन्य पदाधिकारीमा पनि अधिकांश थेबे प्यालनबाटै निर्वाचित भएका छन् ।

उपाध्यक्षमा महाराजा गुरूङ र विनय शाही, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, खुला सचिवमा मदन भण्डारी र देवु बस्नेत, महिला सचिवमा निशा लिम्बू र मधेशी सचिवमा मोबिन आलम निर्वाचित भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us