
काठमाण्डू, १३ जेठ– गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।
विभिन्न राजावादी समूहद्वारा १६ जेठमा घोषित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा रणनीति तय गर्न बैठक बोलाइएको हो ।
बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा ती निकायका वरिष्ठ अधिकारीहरूको सहभागिता रहनेछ ।
आउँदो जेठ १५ गते ‘संयुक्त जनआन्दोलन समिति’ ले राजधानीमा आयोजना गर्न लागेको प्रदर्शनलाई लिएर सुरक्षा निकायले उच्च सतर्कता अपनाएको छ ।
गत १५ चैतमा यही समूहको आयोजनामा भएको प्रदर्शन हिंसात्मक भएको थियो । त्यस क्रममा एक सञ्चारकर्मीसहित दुई जनाको मृत्यु भएको थियो भने व्यक्तिका घर, पसल, पार्टी कार्यालय र सरकारी औषिध कम्पनीमा आगजनी र लुटपाट भएको थियो ।
बैठकमा शान्ति सुरक्षा कायम गर्न आवश्यक रणनीति, सम्भावित जोखिम मूल्यांकन, भिड नियन्त्रण विधि, र अत्यावश्यक सुरक्षा प्रबन्धबारे छलफल हुनेछ ।