बूढानीलकण्ठको पार्क भिलेज होटलमा चोरी

काठमाण्डु टुडे २०८२ जेठ १३ गते १४:०८ मा प्रकाशित

काठमाण्डू, १३ जेठ– काठमाण्डूको बूढानीलकण्ठ नगरपालिका–३ स्थित पार्क भिलेज होटलमा चोरी भएको छ । उक्त होटलबाट करिब ३ सय ३५ तोला बराबरको चाँदीका विभिन्न भाँडावर्तन र एक थान ल्यापटप चोरीको भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

यी सामानहरू सोमबार चोरी भएको प्रहरीले जनाएको छ । सामान कसले चोरी गरेको हो भन्ने अहिलेसम्म खुलिसकेको छैन । चोरीमा संलग्नहरूको पहिचान गरी खोज्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us