क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ

काठमाण्डु टुडे २०८२ जेठ १३ गते १४:०४ मा प्रकाशित

काठमाण्डू, १३ जेठ– प्रहरीले वैदेशिक राजगारीका लागि क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको वराहपोखरी गाउँपालिका–५ घर भएकी ३४ वर्षीया सम्झना राई रहेकी प्रहरीले जानकारी दिएको छ ।

उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो (सोमबार) काठमाण्डू महानगरपालिका–१६ बाट पक्राउ गरेको हो ।

उनले क्यानडा पठाउने भन्दै एक व्यक्तिबाट ७ लाख रुपैयाँ लिएर ठगी गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकी राईलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us