विपक्षीले गृहमन्त्रीको राजीनामा मागेपछि संसद बैठक स्थगित

काठमाण्डु टुडे २०८२ जेठ १३ गते १२:०१ मा प्रकाशित

काठमाण्डू, १३ जेठ– विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर अवरुद्ध गरेपछि संसद बैठक स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगन गरेका हुन् । संसद बैठक सुरु हुनेबित्तिकै माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीसहित प्रतिपक्षी दलका सांसदले उठेर बैठक खवरुद्ध गरेका थिए ।

स्थगन हुनुअघि संसद बैठकमा बोल्दै माओवादी सांसद वर्षमान पुन अनन्त र रास्वपा सांसद शिशिर खनालले गृहमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न नसक्ने बताएका थिए ।

दैनिक कम्तिमा ५० लाख रुपैयाँ उठाएर मानिसहरुलाई पर्यटक भिसाका नाममा विदेश पठाउने गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाएपछि गृहमन्त्री लेखक विवादमा मुछिएका छन् ।

उनकै सचिवालयका व्यक्तिहरुको समेत उक्त प्रकरणमा संलग्नता देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us