मोबाइल लुटमा संलग्न ३ जना पक्राउ

काठमाण्डु टुडे २०८२ जेठ १२ गते १७:४३ मा प्रकाशित

काठमाण्डू, १२ जेठ– प्रहरीले काठमाण्डूको टंकेश्वरबाट मोबाइल लुटेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । जेठ ११ मा पीडितलाई कुटपिट गरेर आरोपीहरुले वान प्लस मोबाइल लुटेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिल बोहराले जानकारी दिएका छन ।

पक्राउ पर्नेमा कालिमाटी बस्दै आएका सुरज थापा मगर ‘च्वाँचे’, २४ वर्षीय सन्तोष तामाङ र धादिङ घर भएका १९ वर्षीय प्रविन भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ ।

आरोपीहरु यसअघि ८ वटा लुटपाट तथा चोरीको घटनामा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको एसपी बोहराले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us