चितवनमा खुर्पा प्रहार गरी छोरी र भतिजको हत्या गरे पछि बुबाले आफ्नै घाँटी रेटे

काठमाण्डु टुडे २०८२ जेठ २ गते १२:३७ मा प्रकाशित

काठमाण्डू, २ जेठ– चितवनको एक व्यत्तिले खुर्पा प्रहार गरी आफ्नी छोरी र दाजुको छोराको हत्या गरेका छन् । चितवनको भरतपुर महानगरफालि का वडा नम्बर २५ शुक्रनगरमा ४२ वर्षीय लिलाराज गिरीले दाजु दया गिरीको छोरा अन्दाजी ६–७ वर्षको सजन गिरी र आफ्नी छोरी प्रभालाई खुर्पा प्रहार गरेर हत्या गरेका प्रहरीले जनाएको छ ।

खुर्पा प्रहारबाट गम्भीर घाइते भएका सजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा आज बिहान मृत्यु भएको हो । घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेका थिए ।

उनको गम्भीर अवस्थामा उपचार जारी रहेको प्रहरीले जनाएको छ । घटनाको कारण खुलेको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us