
काठमाण्डू, २२ चैत– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापाले गत शुक्रबार काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी सकुहको प्रर्दशनमा म्याद नाघेको अश्रुग्यास प्रहार नभएको बताएका छन् ।
आज (शुक्रबार) राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै आईजीपी थापाले यस्तो बताएका हुन । आजको बैठकमा उनले म्यान गुज्रिएका अश्रुग्यास प्रयोग नभएको स्पष्ट पारेका हुन ।
‘म्याद नाघेको, ननाघेको विषयमा मलाई जानकारी भएन,’ समितिका सभापति रामहरि खतिवडाले म्याद नाघेका अश्रुग्यास प्रहार भयो भन्ने आएको छ नि भनेर सोधेपछि जवाफ दिँदै थापाले भने, ‘म्याद नाघेका अश्रुग्यास प्रहार भयो भन्ने सन्दर्भ कसरी आयो मलाई थाहा भएन ।
म्याद नाघेका प्रयोग गरेका छैनौं । म्यान नाघेका अश्रुग्यास नष्ट गर्ने गरिएको छ । हामीसँग मौज्दातमा रहेको मात्र प्रयोग गरिएको हो ।’