
काठमाण्डू, २० चैत– सरकारले गत शुक्रबार काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख दिने निर्णय गरेको छ ।
गृहमन्त्री स्तरीय बैठकले उक्त निर्णय लिएको उनको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । उक्त दुर्घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको निधन भएको थियो । उनीहरुलाई क्षतिपूर्ती स्वरुप उक्त रकम दिन लागीएको हो ।