
काठमाण्डू, २० चैत– आज (बुधबार) शिक्षकहरूको प्रदर्शनका कारण काठमाण्डूको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबार काठमाण्डूमा र्याली निकालेका छन् ।
शिक्षक महासंघको अगुवाइमा काठमाण्डूको विभिन्न स्थानबाट निस्किकेको र्याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुँदैछ । त्यसैबीच प्रदर्शनका कारण सो क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको शिक्षकहरूले बताएका छन ।