
काठमाण्डू, २० चैत– पछिल्ला दिन यता काठमाण्डू उपत्यकाको वायु प्रदूषण उच्च भएको छ । पछिल्लो केहि दिन यता काठमाण्डू उपत्यकाको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा पुगेको वातावरण विभागले जानकारी दिएको छ ।
काठमाण्डूको सोमबार र मंगलबार लगातार संसारकै प्रदूषित सहर बनेको थियो । बुधबार झन् वायु प्रदूषण बढेको छ । यद्यपि आज काठमाण्डूभन्दा धेरै प्रदूषित हावा भारतको दिल्लीमा छ ।
काठमाण्डू दोस्रो प्रदूषित सहर बनेको वातावरण विभागले जानकारी दिएको छ । आईक्यूएयरको तथ्यांक अनुसार आज बिहान काठमाण्डूको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ ।
मंगलबार २२५ मापन भएको थियो ।पहिलो स्थानमा रहेका दिल्लीमा बिहान ३३६ प्रतिघण्टा २६१ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । जबकि १०१ देखि १५० लाई नै संवेशनशील समूहका लागि अस्वस्थ मानिन्छ ।
१५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ । यसअनुसार काठमडौं निकै अस्वस्थको तहमा छ भने दिल्ली खतराको तहमा पुगेको छ ।
आज तेस्रो स्थानमा इराकको बगदाद रहेको छ भने चौथो नम्बरमा भियतनामको हानाइ, पाँचौ नम्बरमा पाकिस्तानको लाहोर, छैटौं नम्बरमा थाइल्याण्डको चियाङ मइ, सातौं नम्बरमा इजरायलको तेल अववि गाफो, आठौं नम्बरमा भारतको मुम्बइ, नवौं नम्बरमा चीनको वुहान र १० नम्बरमा म्यानमारको याङगुन रहेको छ ।