डोटीमा जीपबाट खसेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ चैत १८ गते १२:०४ मा प्रकाशित

काठमाण्डू, १९ चैत– डोटीमा जीपबाट खसेर एक जनाको मृत्यु भएको छ । सिलगढी नगरपालिका–१ को तिखामा दिपायलबाट आदर्श गाउपालिकातर्फ जाँदै गरेको सुपप्र०१–००१ च ४११८ नम्बरको बोलेरो जिपबाट ३४ वर्षीय ज्ञानेन्द्र बहादुर बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएका छन ।

बोहरा सोही जीपका धनी हुन् । आदर्श गाउँपालिका–२ को कुचेडा बस्ने उनी जीप पछाडी ढालामा बसेको अवस्थामा सडकमा खसेका थिए । घाईते भएका उनलाई उपचारका लागी शैलेश्वरी अस्पताल लगिएको थियो तर बोहराको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जीप र चालक आदर्श गाउँपालिका–३ नुवाकोट बस्ने २३ वर्षीय विराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरीएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us