
काठमाण्डू, १६ चैत– पूर्व राजा ज्ञानेन्द्र शाहालाई काठमाण्डू महानगरपालिकाले तोकेको जरिवानाको पत्र भोलि (आइतबार) निर्मल निवासमै लगेर बुझाउने तयारी गरेको छ ।
भोलि कार्यालय समय खुलेपछि निर्मल निवासमै पुर्याएर जरिवानाका पत्रहरू बुझाइने काठमाण्डू महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन । उनले भने, ‘आज शनिबार हो ।
भोलि ९आइतबार० कार्यालय समय खुलेपछि हामी निर्मल निवासमै पुगेर उक्त पत्रहरू बुझाउनेछौं ।’ महानगरले विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र काट्दै शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै महानगरले जरिवाना तोकेको हो । शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो । सोही आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए ।