पछिल्लो समय राजावादीको गतिविधिमा जे जस्ता कार्य भएका छन् त्यसको पछाडि पूर्वराजा ज्ञानेन्द्रको हात छः प्रचण्ड

काठमाण्डु टुडे २०८१ चैत १५ गते १७:४५ मा प्रकाशित

काठमाण्डू, १६ चैत– पूर्र्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन नसकिने बताएका छन ।

आज (शनिबार) बसेको समाजवादी मोर्चाको बैठकअघि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले भने, ‘ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन सकिँदैन, नेपाली जनता त्यसको लागि तयार छैन । यसमा सरकार गम्भीर बनोस् ।’

अध्यक्ष प्रचण्डले पछिल्लो समय राजावादीको गतिविधिमा जे जस्ता कार्य भएका छन् त्यसको पछाडि पूर्वराजा ज्ञानेन्द्र नै रहेको दाबी उनको छ । ‘जे भइराखेको छ अब एकदम प्रष्ट भएको छ कि यसको पछाडि ज्ञानेन्द्र शाह नै हो,’ प्रचण्डले भने ।

राजावादीको गतिविधिबारे सरकारलाई कडा कदम चाल्न समेत प्रचण्डको आग्रह छ । उनले अगाडि भनेका छन्, ‘‘ज्ञानेन्द्र शाहको मानसिमकता नै आपराधिक छ भन्ने कुरा इतिहासमा देखिएको हो र अहिले पनि देखिएको छ । त्यसकारण यही नै समय हो सरकारले कडा कदम चालोस् । अपराधीहरू सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याओस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us