ज्ञानेन्द्रसँग बालेनले कुन–कुन शीर्षकमा मागे जरिवाना ?

काठमाण्डु टुडे २०८१ चैत १५ गते १७:३६ मा प्रकाशित

काठमाण्डू, १६ चैत– पूर्व राजा ज्ञानेन्द्र शाहलाई काठमाण्डू महानगरपालिकाले ७ लाख ९३ हजार जरिबाना तोकेको छ । काठमाण्डू महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेखेर सो रकमको जरिवाना तोकेको हो । महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको हो ।

हिजो तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको काठमाण्डू महानगरपालिकाको दाबी छ ।

सोही आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए । राजावादी समर्थकहरू उग्र बन्दा शुक्रबार दिनभर तीनकुने क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो ।

यी हुन् महानगरले पूर्वराजासँग मागेको जरिवानाका शीर्षक:

१. कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
२. महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
३. तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
४. जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
५. बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
६. सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
७. महानगरको दमकल फुटाएको– १ लाख ३० हजार
८. तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड– ४० हजार
९. तीनकुनेको आइल्याण्डमा तोडफोड– २३ हजार

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us