माओवादी सांसद सापकोटाको मागः वर्तमान सरकारले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्नुपर्छ

काठमाण्डु टुडे २०८१ फागुन ११ गते १४:४६ मा प्रकाशित

काठमाण्डू, ११ फागुन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले वर्तमान सरकारले नैतिक रूपमा मार्ग प्रशस्त गर्न माग गरेका छन ।

आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा सांसद सापकोटाले विभिन्न घटनाक्रमले सरकार असफल भएको भन्दै वर्तमान सरकारले नैतिक रूपमा मार्ग प्रशस्त गर्न माग गरेका हुन ।

उनले भने, ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामलामा निगरानी राख्ने अन्तरदेशीय अन्तर्राष्ट्रिय संस्था एफएटीएफले नेपाललाई आधिकारिक रूपमा ग्रे लिस्टमा चढाएको छ ।

सरकारको अकर्मण्यता, वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभाव र सुशासन प्रतिको उपेक्षाका कारण नेपाल अन्ततः यो लज्जाजनक अवस्थामा पुगेको छ । यसप्रति खेद व्यक्त गर्न चाहन्छु, निन्दा व्यक्त गर्न चाहन्छु ।’

उनले यो घटना क्रमले सरकार सुशासनका पक्षमा छैन र सरकार सम्पूर्ण रूपमा असफल भएको संकेतका रूपमा आफूहरूले लिएको पनि बताएका छन । उनले थपे, ‘सरकारको त कुनै विश्वास र भरोसा रहेन नै ।

सिंगै देशको इज्जत, प्रतिष्ठा र मान९संरक्षण र रक्षाका खातिर सम्मानित प्रतिनिधिसभाले विशेष महत्वको रूपमा लिएर थप कदमका लागि गम्भीर बनोस् भनेर ध्यानाकर्षण गराउन चाहन्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us