काठमाण्डू, ९ फागुन– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
त्रिविले शुक्रबार आगामी ५ चैतका लागि निर्वाचन मिति तोकेर तालिका सार्वजनिक गरेको हो । फागुन १९ गते संगठन दर्ता र फागुन २७ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको छ ।