सरकार र पुबुदुबीच १० महिने सम्झौता

काठमाण्डु टुडे २०७१ भदौ १६ गते १३:३३ मा प्रकाशित

काठमाण्डु, १७ भदौ– सरकारले क्रिकेट प्रशिक्षक पुबुदु दशानायकेसँग १० महिने सम्झौता गरेको छ ।

pubudu
युवा तथा खेलकुद मन्त्रालयले पुबुदसँग सोमबार लिखित सम्झौता गरेको हो । सम्झौतामा मन्त्रालयका सह–सचिव चुडामणि गौतम र पुबुदुले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार पुबुदुले मासिक १० हजार अमेरिकी डलर उपलब्ध गराउनेछन् । सरकारले म्याद थपेपछि पुबुदु केही दिनअघि मात्र क्यानडाबाट नेपाल फर्केका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us