धोनीले रचे क्रिकेटमा विश्व कीर्तिमान

काठमाण्डु टुडे २०७१ भदौ १४ गते १३:०५ मा प्रकाशित

काठमाण्डु, १४ भदौ– भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनीले क्रिकेटमा नयाँ विश्व कीर्तिमान रचेका छन् ।

dhoni.jpg1
धोनीले विकेट किपिङमा नयाँ विश्व कीर्तिमान बनाएका हुन् । उनी सबैभन्दा बढी स्टम्पिङ आउट गर्ने खेलाडी बनेका छन् ।

भारत र इङ्ग्ल्याण्डबीच चलिरहेको एक दिवसीय क्रिकेट श्रृंखलाको तेश्रो खेलमा कप्तान धोनीले १ सय ३० औं पटक स्ट्म्पिङ आउट गरेर यो रेकर्ड बनाएका हुन् ।
इङ्ग्ल्याण्डका कप्तान एलिस्टर कुकलाई स्टम्पिङ आउट गरेर धोनीले रेकर्ड बनाएका थिए ।  यसअघि यो कीर्तिमान श्रीलंकाली क्रिकेटर कुमारा संगाकाराको नाममा थियो । उनले १ सय २९ पटक स्टम्पिङ आउट गरेको कीर्तिमान छ थियो ।
भारत र इङ्ग्ल्याण्डबीच चलिरहेको एक दिवसीय क्रिकेटमा निरन्तरको पराजयले लज्जाजनक अवस्थामा पुगेको तेश्रो खेलमा भारतले टस जितेर बलिङ गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us