
काठमाण्डु, १३ भदाै – सरकारले एसीसी यू-१६ प्रिमियर च्याम्पियन नेपाली क्रिकेट टिमलाई ९ लाख पुरस्कार दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले नेपाली टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी १७ जनालाई पुरस्कारस्वरुप जम्मा नौ लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।
मलेसियामा भएको प्रतियोगितामा सबै खेल जित्ने क्रममा नेपालले अन्तिम खेलमा घरेलु टोलीलाई ३२ रनले पराजित जितेको थियो ।