राखेपको वार्षिकोत्सवमा विविध कार्यक्रम हुँदै

काठमाण्डु टुडे २०७१ भदौ १३ गते ३:५६ मा प्रकाशित

rakhepaकाठमाण्डु, १३ भदौ राष्ट्रिय खेलकुद परिषद्ले आफ्नो ५१ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ ।
५१ औं वार्षिकोत्सव मुल आयोजक समिति संयोजक वृजेन्द्र हमालले आजदेखि १९ गतेसम्म विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागिएको बताए ।
पहिलो दिन आज उद्घाटन कार्यक्रमका साथै चेस र ब्याडमिन्टन प्रतियोगिता हुनेछ । दुवै प्रतियोगिता तीन दिनसम्म चल्नेछ । चेसमा शीर्ष तीन स्थान हात पार्नेले क्रमसः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार पाउनेछन् ।
ब्याडमिन्टनतर्फ पुरुष÷महिलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमसः ५ हजार, ३ हजार र २ हजारका दरले नगद पुरस्कार हात पार्नेछन् ।
भदौं १६ र १८ गते पुरुष÷महिला एकल टेबलटेनिस प्रतियोगिता हुनेछ । यसमा पनि शीर्ष तीन स्थान हात पार्नेले समान ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार पाउनेछन् ।
भदौं १९ मा पुरुष÷महिला क्रमसः ५ र ३ किलोमिटर दौड प्रतियोगिता हुनेछ ।  त्यस्तै भदौं १५ मा रक्तदान, १७ मा वृद्धवृद्धालाई फलफूल वितरण र अन्तिम दिन समापनका साथै कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम रहेको राखेपाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us