काठमाण्डु, २० मंसिर– राष्ट्रपति रामचन्द्र पौडेल अबको केही दिन अस्पतालमै रहेन भएका छन । राष्ट्रपति पौडेल हिजो बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई प्रोस्टेटसम्बन्धी शल्यक्रिया गरिएको थियो ।
शल्यक्रिया पछि पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले जानकारी दिएका छन । उनले भने, ‘राष्ट्रपति पौडेल अस्पतालमै रही स्वास्थ्यलाभको लागि केही दिन रहनु हुने ब्यहोरा समेत जानकारी गराउँदछु ।’