नन्दकिशोर पुनलाई उपाध्यक्ष बनाउनेबारे स्थायी समिति बैठकमा छलफल हुने

काठमाण्डु टुडे २०८१ मंसिर २० गते १३:०० मा प्रकाशित

काठमाण्डु, २० मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनलाई उपाध्यक्षमा मनोनीत गर्ने विषय स्थायी समिति बैठकमा छलफल हुने भएको छ ।

आज ( बिहिबार) बसेको पदाधिकारी बैठकले पुनसहित लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई उपाध्यक्ष बनाउने तयारी गरेको थियो ।

तर आजको बैठकमा स्थानीय तह उपनिर्वाचन समीक्षा र विद्यार्थी सङ्गठनको राष्ट्रिय सम्मेलनको विषयमा मात्र छलफल भएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिएका छन ।

उनले भने, ‘उपाध्यक्ष मनोनीत गर्नेबारे मङ्सिर २७ गते बस्ने स्थायी समिति बैठकमा छलफल हुन्छ । आजको बैठकमा स्थगित भएको विद्यार्थी सम्मेलनलाई प्रक्रियामा लैजाने, प्रतिनिधिको टुङ्गो लगाउने र स्थानीय तह उपनिर्वाचनको विषयमा रिपोर्टिङ मात्र भयो ।

’पूर्व जनमुक्ति सेनाका डेपुटी कमान्डर समेत रहेका पुन २०७२ सालमा उपराष्ट्रपति भएपछि पार्टी सदस्य परित्याग गरेका थिए । शेरचन २०७८ सालमा प्रदेश प्रमुख भएपछि पार्टीबाट अलग भएका थिए ।

फेरि पार्टीको सक्रिय राजनीतिमा फर्किनका लागि माओवादी अध्यक्ष प्रचण्डसँग नियमित सम्पर्कमा थिए । पुनः पार्टीका हरेक बैठकमा सहभागी हुँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us