एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा कीर्तिपुरबाट थप ३ जना पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर २० गते १२:०४ मा प्रकाशित

काठमाण्डु, २० मंसिर– प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी खेलाएको आरोपमा थप तीन जना लाई नियन्त्रणमा लिएको । कीर्तीपुर मैदानबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो ।

यसअघि प्रहरीले चार जना भारतीय नागरिकलाई सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको थियो । उनीहरुमाथी स्पोर्ट बाजी, प्रोबो ललगायत अनलाइन बेटिङ एपबाट सट्टेबाजी खेलाएको आरोप रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुविरुद्ध सट्टेबाजी खेलाउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us