चीनसँगको सम्झौता ऐतिहासिक: ओली

काठमाण्डु टुडे २०८१ मंसिर १९ गते २१:४५ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर । प्रधानमन्त्री केपी ओलीले चीनसँग ऐतिहासिक सम्झौता भएको बताएका छन् ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले नेपाली राजदूतावाले बुधबार बेइजिङमा आयोजना गरेको कार्यक्रममा आफ्नो भ्रमण दुई देशको सम्बन्धलाई उचाइमा लैजान सफल भएको दाबी गरे ।

चीनजस्ता विकसित मुलुकबाट नेपालको समृद्धिको यात्रामा लगानी र सहकार्य वृद्धि गर्ने उनको भनाइ थियो । सन् २०२५ मा ठूलो संख्यामा चिनियाँ पर्यटक नेपाल ल्याउने तयारी भएको ओलीले उल्लेख गरे ।

ओलीले प्रमुख दुई दल काँग्रेस र एमाले सम्मिलत सरकारले नेपाल समृद्ध बनाउन यथाशक्य प्रयास गरेको दाबी गरे ।

सोमबार ८७ सदस्यीय जम्बो टोलीसहित चीनको औपचारिक भ्रमणमा गएका ओली भोलि स्वदेश फर्कंदैछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us