१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर १९ गते १७:२९ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– प्रहरीले पाल्पाबाट १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटदह घर भएका २१ वर्षीय सम्राट चुदारा रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ ।

उनलाई मंगलबार साँझ प्रहरीले सो अभियोगमा पक्राउ गरेको हो । सम्राटले ती किशोरीलाई रैनादेवी छहरा गाउँपालिका–६ स्थित खरबारीमा सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो ।

सोही आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको पाल्पा प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us