काठमाण्डु, १९ मंसिर– नेकपा माओवादी केन्द्रले गणतन्त्र स्थापनामा योगदान गरेको भन्दै पार्टी पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डसहित १८ जनालाई ‘गणतन्त्र सेनानी’ सम्मान प्रदान गरेको छ ।
सम्मानित हुनेहरुमा तत्कालीन चार डेपुटी कमाण्डरहरु तथा शहीद, बेपत्ता परिवार र घाइते÷अपाङ्गहरु छन् । गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा आज आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संस्थाको तर्फबाट र अन्यलाई प्रचण्डको हातबाट ताम्रपत्र, पदक र दोसल्ला सहित सम्मान गरीएको हो ।
माओवादी जनयुद्धमा योगदान पुर्याएकाहरुलाई सम्मान गर्ने उद्देश्यले सरल सहयात्री पौडेलको अध्यक्षतामा ‘गणतन्त्र सेनानी कोष’ बनाइएको छ । त्यही कोषले आज पहिलोपटक सम्मान कार्यक्रम गरेको हो ।