काठमाण्डु, ५ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले तस्करसँग आफ्नो लडाई जारी रहेको प्रतिक्रिया दिएका छन ।
अदालत लगिँदै गर्दा उनले प्रहरी घेराबाट भने, ‘तस्करसँगको लडाइँ हो है यो ।’ उनको आज म्याद थप हुँदै छ। प्रहरीले हिजो पक्राउ गरेर प्रसाईँलाई आज पेस गरेको हो । प्रसाईँलाई प्रहरीले पक्राउ गरेको विरोधमा आज प्रदर्शनको तयारी गरिएको छ ।
माइतीघर मण्डलामा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले प्रदर्शन गर्ने तयारी सुरु गरेको छ ।