स्थानीय तह उपनिर्वाचनः रुकुम पूर्वमा माओवादी केन्द्रले खोल्यो खाता, घर्ती निर्विरोध निर्वाचित

काठमाण्डु टुडे २०८१ मंसिर ५ गते १३:०९ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– स्थानीय तह उपनिर्वाचन अन्तर्गत नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा खाता खोल्न सफल भएको छ ।

रुकुम पूर्वको पुथाउत्तर गंगा गाउँपाकिलका–२ का माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएको माओवादीका नेता तथा रुकुम पूर्वका सङ्घीय सांसद पूर्ण घर्तीले जानकारी दिएका छन ।

कांग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित भएको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us