काठमाण्डु, ४ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिको आकस्मिक बोलाएको बैठक जारी छ । अपरान्ह ४ः३० बजेदेखि बस्ने गरी बोलाइएको बैठक हाल जारी रहेको छ ।
८ मंसिर देखि गरिने दोस्रो चरणको विरोध प्रदर्शनका विषयमा छलफल गर्न बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन ।
पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा राजनीतिक प्रतिशोध राखेको भन्दै रास्वपाले विरोध गर्दै आएको छ ।
८ मंसिरबाट हुने दोस्रो चरणको विरोध प्रदर्शनका लागि रास्वपा थप एजेण्डाहरु तय गरेको छ ।
सहकारी, लघुवित्त र मिटरब्याज समस्या समाधान, भ्रष्टाचार काण्डको न्यायिक छानविन, प्रवासी र गैरआवासीय नेपालीलाई मताधिकार , संविधान परिमार्जन लगायतका मुद्धा उठाएर विरोध गर्ने रास्वपाले जनाएको छ ।
आज बेलुकी साँझ ७ बजे सरकार विरुद्ध घण्टी बजाएर विरोध प्रदर्शन गर्ने रास्वपाले निर्णय गरेको पनि एक नेताले जानकारी दिएका छन ।