उच्चस्तरीय बैठक बस्न जाँदा कार्यालय बन्द भएपछि शेष घलेले भने– नसोचेको भयो

काठमाण्डु टुडे २०८१ मंसिर ४ गते १६:१० मा प्रकाशित

काठमाण्डु, ४ मंसिर– गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिका संयोजक तथा पूर्वअध्यक्ष शेष घलेले बद्री केसी पक्षबाट नसोचेको कार्य भएको प्रतिक्रिया दिएका छन ।

उनले एनआरएनएलाई मिलाएर लैजाने उद्देश्यका साथ आफूले मंगलबार उच्चस्तरीय समितिको बैठक बोलाएको भएपनि कार्यालय बन्द हुनु गलत भएको प्रतिक्रिया दिएका छन ।

आज (मंगलबार) उच्चस्तरीय समितिको बैठकका लागि उनी कार्यालयमा पुगेपनि कार्यालय बन्द गरेर बद्री केसी पक्ष रणनीतिक बैठकको नाममा राजधानीकै एक होटेलमा पुगेका थियो ।

घलेले बालुवाटारस्थित कार्यालय परिसरमा सञ्चारकर्मीसँग भने, ‘एनआरएनएलाई मिलाएर लैजाउँला भन्ने आशाका साथ बैठक बोलाइएको थियो ।

यो नसोचेको भयो, ‘यद्यपि हामीलाई मिटिङ गर्नु, त्यसका लागि वैकल्पिक स्थान खोज्दैछौँ ।’उनले आजको बैठकमा एकताको महाधिवेशनको मिति तोक्नेबारे छलफल हुने र सोहीअनुसार निष्कर्ष निकालेर अघि बढिने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us