पूर्वडीआईजी जोशीलाई काठमाण्डु ल्याइँदै

काठमाण्डु टुडे २०८१ मंसिर ४ गते १५:४५ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर– सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाण्डु ल्याउने तयारी गरीएको छ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धान गर्न उनलाई मंगलबार काठमाण्डु पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले जानकारी दिएका छन ।

जोशी सूर्यदर्शन सहकारीको रकम घोटालामा संलग्न आरोपमा पक्राउ परेका थिए । स्वर्णलक्ष्मीका कोषाध्यक्ष कुमार रम्तेलसँग बयान लिएर काठमाण्डुले प्रहरीले उनलाई पोखरा पठाएको छ ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्कमा अवैध तरिकाले गएको भेटिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट १ करोड ८२ लाख गोरखा मिडियामा अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाण्डुका एकजना अधिकृतले जानकारी दिएका छन ।

स्वर्णलक्ष्मीका ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । पूर्वडीआईजी जोशी गोरखा मिडियाका सञ्चालक हुन् । उनीविरुद्ध पनि काठमाण्डु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us