म्यानचेष्टर सिटीले लिभरपुललाई हरायो

काठमाण्डु टुडे २०७१ भदौ १० गते १२:२८ मा प्रकाशित

काठमाण्डु, १० भदौ – इंगसिल प्रिमियर लिग अन्तर्गत सोमबार रातीको खेलमा साविक विजेता म्यानचेष्टर सिटीले लिभरपुललाई १ का विरुद्ध ३ गोलले पराजित गरेको छ ।

ManchesterCityसिटीको घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीका स्टेभन जेभोटिकले दुई तथा सर्जियो अग्युरोले १ गोल गरे । लिभरपुलले भने एउटा आत्मघाती गोल उपहार पायो ।

खेलको सुरुदेखि नै हावी देखिएको सिटीका लागि जेभोटिकले ४१ र ५५ औं मिनेटमा गोल गरे भने अग्युरोले ६९ औं मिनेटमा गोल थपे । सिटीका पाब्लो जाभालेटाले ८३ औं आत्माघाती गोल गरेका थिए । यो सिजनमा सुरुको लगातार दुई खेल जितेको सिटीले ६ अंक जोडेको छ भने गत वर्षको लिग उपविजेता लिभरपुलले एक खेलमात्र जितेको छ ।

स्ट्राइकर लुइस सुआरेजको वार्सिलोना ट्रान्सफर र नयाँ अनुबन्धित स्ट्राइकर मारियो बालेटोली खेलमा नआइसकेकाले लिभरपुलको यो सिजन त्यति दमदार हुन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us