सुदूरपश्चिममा रिक्त पाँच पदका लागि मनोनयन दर्ता गरिंदै

काठमाण्डु टुडे २०८१ मंसिर २ गते ९:१२ मा प्रकाशित

धनगढी, २ मंसिर- आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

देशभरका विभिन्न ४४ रिक्त पदका लागि आइतबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

यसपालि सुदूरपश्चिममा रिक्त पाँच पदका लागि उपनिर्वाचन हुँदैछ ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि उपचुनाव हुदैछ । यस्तै बझाङको सुर्मा गाउँपालिका–४ वडाअध्यक्ष पदका लागि चुनाव हुँदैछ ।

डोटीको पुर्वीचौकी गाउँपालिका–६ को वडाअध्यक्ष पद, दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाअध्यक्ष पद र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाअध्यक्ष पदका लागि चुनाव हुँदैछ ।

यसअघिको निर्वाचनमा विजय भएका जनप्रतिनिधिको कार्यकाल पुरा नहुँदै निधन भएपछि रिक्त स्थानमा निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us