पाल्पाको रामपुरमा महिला मृत फेला

काठमाण्डु टुडे २०८१ मंसिर २ गते ९:०६ मा प्रकाशित

पाल्पा, २ मंसिर-  पाल्पाको रामपुर नगरपालिका-३ मा एक महिला मृत फेला परेकी छन् ।

स्थानीय ६५ वर्षीया सुकमाया गिरी सारुको हत्या भएको  पाल्पा प्रहरीका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।

शनिबार साँझ  सडकको नालीमा अचेत अवस्थामा भेटिएकी गिरीलाई रामपुर अस्पताल लगिएको थियो ।

चिकित्सकले उनलाई तत्काल मृत घोषणा गरेका थिए ।

घटनाबारे  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us