ओलीको चीन भ्रमणको संयोजन गर्ने जिम्मा आरजुलाई

काठमाण्डु टुडे २०८१ कार्तिक २१ गते १९:३४ मा प्रकाशित

काठमाण्डू, २१ कात्तिक- प्रमुख दुई सत्तारूढ घटक काँग्रेस र  एमालेले प्रधानमन्त्री केपी ओलीको चीनको औपचारिक भ्रमणको संयोजन परराष्ट्रमन्त्री आरजु राणा देउवाले गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री ओली र देउवाको निर्देशनमा भ्रमणको तयारीको संयोजन राणाले गर्ने निर्णय दुई दलद्वारा गठित राजनीतिक संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो ।

प्रधानमन्त्री ओली चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा आगामी डिसेम्बरमा चीन भ्रमणमा जाँदैछन् ।

संयन्त्रको मंगलबार बसेको बैठकले दुई दलले एकएक महिना पालैपालो संयन्त्रको बैठक संयोजन गर्ने निर्णय गरेको छ ।

कात्तिक २१ गतेदेखि मंसिर २० गतेसम्म कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले र त्यसपछि अर्को महिना एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने निर्णय बैठकले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us