प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

काठमाण्डु टुडे २०८१ कार्तिक २१ गते १६:२६ मा प्रकाशित

काठमाण्डु, २१ कात्तिक– प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार देखिएको छ ।

ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको उनको सचिवालयले जनाएको छ ।

ओलीको उपचारमा संलग्न डा. दिब्यासिंह शाहले ओलीलाई भाइरल ज्वरो आएको बताइन् । उनका अनुसार ओलीको स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य छन् ।

मंगलबार एक्कासि उच्च ज्वरो आएपछि ओलीको सचिवालयले प्रेस नोटमार्फत नियमित भेटघाटहरु स्थगित गरिएको जनाएको थियो ।

हाल उनी सरकारीनिवास बालुवाटारमा आराम गरिरहेका छन् । ओलीले अत्यावश्यकबाहेक भेटघाट नगरेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us