बाँके, २१ कात्तिक– बाँकेमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
बलात्कार आरोपमा कोहलपुर नगरपालिका–२ बर्दहवाका २४ वर्षीय सन्दीपकुमार थारू पक्राउ परेका छन् ।
थारुले गत १९ कात्तिकमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै पीडित परिवारले उजुरी दिएको छ ।
उजुरीका आधारमा पक्राउ गरिएको र घटनाबारे अनुसन्धान अघि बढाइएको बाँके प्रहरीले जनाएको छ ।