पतिको निधनपछि गाउँपालिका उपाध्यक्षमा पत्नी भइन् उम्मेदवार

काठमाण्डु टुडे २०८१ कार्तिक २१ गते १३:२७ मा प्रकाशित

दोलखा, २१ कात्तिक– कांग्रेसले आगामी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष उम्मेदवारको टुंगो लगाएको छ ।

काँग्रेस जिल्ला समितिले पासाडिकी तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेर केन्द्रमा सिफारिस गरेको छ । तामाङ पार्टीको बागमती प्रदेशकी महिला विभाग सदस्य छिन् ।

काँग्रेस दोलखाका सभापति बर्मा लामाले एकमतले तामाङलाई उम्मेदवार बनाउने निर्णय भएको बताए ।

२०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा गौरीशंकरको उपाध्यक्षमा काँग्रेसबाटै निर्वाचित उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयघातका कारण डेढ वर्षअघि निधन भएको थियो ।

उनी श्यामसुन्दरकी श्रीमती हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us