भागेर जापान गएका मन्त्री अधिकारीले दिए राजीनामा

काठमाण्डु टुडे २०८१ कार्तिक २१ गते १२:४४ मा प्रकाशित

काठमाण्डु, २१ कात्तिक– कोशीका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
अधिकारीले बुधबार बिहान मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

अधिकारी अनुमतिबिनै जापान भ्रमणमा गएपछि विवादमा तानिएका थिए । प्रदेशका मन्त्री र मुख्यमन्त्रीले विदेश भ्रमणमा जानुअघि संघीय सरकारको अनुमति लिनुपर्छ भने प्रदेश मन्त्रिपरिषले भ्रमण अनुमोदन गर्नुपर्ने व्यवस्था छ ।

अधिकारीले भने पारिवारिक भ्रमण भएकाले पूर्वस्वीकृति नलिएको दाबी गर्दै आएका थिए । टोकियोमा हुने सांस्कृतिक कार्यक्रमका लागि भन्दै जापान गएका उनी सो कार्यक्रममा सहभागी नै नभई फर्किएक थिए ।

यद्यपि राजीनामा पत्रमा भने अधिकारीले प्रक्रिया नपु¥याई जापान जानु आफ्नो कमजोरी भएको स्वीकार गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us