पाल्पा, २० कात्तिक- पाल्पाको तानसेन नगरपालिका-८ गौंडेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु८८प ६६५६ नम्बरको मोटरसाइकल सिद्धार्थ राजमार्गस्थित गौंडेबाट खस्दा मोटरसाइकमा सवार तानसेन नगरपालिका- ७ की २७ वर्षीया सावित्रा थापाको मृत्यु भएको हो ।
प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेका अनुसार थापा मोटरसाइकल पछाडि सवार थिइन् ।
गम्भीर घाइते थापाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको उनले बताए ।
मोटरसाइकल चालक ४३ वर्षीय इन्द्रबहादुर गाहामगर घाइते छन् ।
घाइते गाहाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ
।