काठमाण्डु, २० कात्तिक– कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका–१० का ५४ वर्षीय डम्मरा वली रहेका छन ।
घोडाघोडी नगरपालिका–१० को पहमानपुरमा सु.प.प्र.०१०११ प ४६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भरी घाइते ओलीको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्रसिंह बोहोराले जानकारी दिएका छन ।
मोटरसाइकल र चालक २५ वर्षीय हेमन्त सापकोटालाई नियन्त्रण लिइएको पनि उनले जानकारी दिएका छन । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।