प्रधानमन्त्री ओली अस्वस्थ

काठमाण्डु टुडे २०८१ कार्तिक २० गते १५:१५ मा प्रकाशित

काठमाण्डु, २० कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन ।

उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको प्रधानमन्त्री ओलीको सचिवालयकाले जानकरी दिएको छ ।

हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले जानकारी दिएका छन ।

प्रधानमन्त्री ओली मंगलबार बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us