बालुवाटारमा रास्वपाको प्रदर्शन

काठमाण्डु टुडे २०८१ कार्तिक १३ गते १२:४४ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटारमा विरोध प्रदर्शन गरेको छ । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलित भएको रास्वपाले आज बालुवाटार केन्द्रित प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा बालुवाटरबाटै पार्टीका काठमाण्डु जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जनलगायत ११ जनालाई प्रहरीले पक्राउ परेका छन् ।

कार्यवहाक महान्त्री कवीन्द्र बुर्लाकोटीले वक्तव्य जारी गरी शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा प्रहरीले दमन गरेको बताउँदै यसको भर्त्सना गरेका छन् ।

आजको विरोध प्रदर्शनलाई रचनात्मक बनाउन भन्दै रास्वपाले नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य प्रस्तुत गर्ने रास्वपाले जनाएको छ । यसका साथै कार्यक्रमलाई उपसभापति डा.स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार र सांसद सोविता गौतमले सम्बोधन गर्ने तय भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us